ad ad

राजनीति


वरिष्ठ अधिवक्ता श्रेष्ठले इजलासमा भनेः हिटलर त्यसै जन्मिने होइन रहेछ

वरिष्ठ अधिवक्ता श्रेष्ठले इजलासमा भनेः हिटलर त्यसै जन्मिने होइन रहेछ

नेपालखबर
असार १०, २०७८ बिहिबार ६:५०,

संसद् विघटनको मुद्दामा बिहीबार पनि संवैधानिक इजलासमा बहस जारी छ। दोस्रो दिन वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरिरहेका छन्।

बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजाले भन्दा पनि बढी अत्याचार गर्न खोजेको बताए।

‘वास्तवमा हिटलर त्यसै जन्मिने होइन रहेछ। अस्ति भर्खरै अदालतले पुनर्स्थापना गरिदिएको संसद फेरि विघटन गरिदिएको छ। अध्यादेशबाट देश चलाउन खोजेको छ’, श्रेष्ठले भने, ‘श्री ५ का बारेमा त अदालतमा प्रश्न उठाउन पाइन्थ्यो भने राष्ट्रपतिको बारेमा नपाउने भन्ने हुन्छ र?’

अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न भनेर परमादेश हुन सक्दैन भनी राष्ट्रपतिले दिएको लिखित जवाफमा पनि श्रेष्ठले आपत्ति जनाए।

संसद् विघटन हुने अवस्था आयो भने दलभन्दा स्वतन्त्र रुपमा अधिकार प्रयोग गरेर सरकार बनाउनुपर्छ भनेर ७६(५) को व्यवस्था राखिएको बताए।

‘यो विशेष व्यवस्था हो। त्यही भएर अरुभन्दा फरक छ’, श्रेष्ठले भने।

२०६३ मा अन्तरिम संविधानबाटै श्री ५ को अधिकार खोसियो र प्रधानमन्त्रीमा सबै कार्यकारी अधिकार दिएको बताउँदै श्रेष्ठले भने, ‘के हामीले श्री ५ भन्दा पनि ठूलो महाराज खडा गरेको हो? राजालाई नभएको अधिकार उहाँलाई छ?’

श्रेष्ठले थपे, ‘अघिल्लो पटक संसद विघटन हुँदा प्रधानमन्त्रीलाई विशेषाधिकार छ भन्नुहुन्थ्यो। संविधानमा नलेखेका जति सबै अधिकार प्रधानमन्त्रीलाई हुन्छ भनियो। अहिले राष्ट्रपतिको अधिकारको कुरा गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .