कारोबार


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालखबर
असार ९, २०७८ बुधबार १४:२८,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।

मूल्य वृद्धि प्रश्चात पेट्रोलको मूल्य प्रतिलिट १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ। त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।

अझै पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad