आज बिहानैदेखि अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा सवा २ घण्टापछि खुलेको छ।
टेलिकमका सूचना अधिकारी रञ्जित लोहियाका अनुसार कोर सिस्टममा समस्या आउँदा मोबाइल सेवामा बिहान केही समय समस्या भएको हो।
उनले भने, ‘कोर सिस्टमा केही समस्या आएपछि देशभरका धेरै ठाउँमा यो समस्या देखियो, तर देशभर ठप्प नै भएको भने होइन केही स्थानमा चलेको पनि थियो।’
उनका अनुसार बिहान ६ बदेखि सवा ८ बजेसम्म मोबमाइल सेवा अवरुद्ध भएको थियो।
3
Shares

प्रतिक्रिया