काठमाडौं उपत्यकामा आजबाट थप गरिएको निषेधाज्ञालाई अझ सहज बनाइएको छ।
जिल्ला प्रशासन कार्यालयहरूका अनुसार असार १४ गतेसम्म थप गरिएको निषेधाज्ञामा गतेअनुसार जोर बिजोर नम्बरका आधारमा निजी सवारीसाधन सञ्चालन खुला गरिएको छ भने पसल, व्यवसायका आधारमा समय र बार छुट्याइदिएर खोल्न अनुमति दिइएको छ।
सार्वजनिक तालिका यस्तो छ :
हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने
खाद्यान्न, खेलकुद सामग्री पसल, डिपार्टमेन्ट स्टोरी (ग्रोसरी), स्टेसनरी÷पुस्तक पसल
हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म
निर्माणजन्य सामग्री पसल (हार्डवेयर, बिजुलीका सामान, टायल, मार्बल, फर्निचर, कार्पेटिङ)
हरेक दिन साँझ ७ बजेसम्म
वर्कसप, टेकअवे सेवा, होम डेलिभरी, अलनाइन सेवा
आइतबार, मंगलबार र बिहीबार मात्र (बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म)
सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटो मोबाइल सोरुम, अटोमोबाइल पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल
सोमबार, बुधबार र शुक्रबार मात्र (बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म)
डिपार्टमेन्ट स्टोर (ग्रोसरीबाहेक), सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता फेन्सी, कस्मेटिक साडी, गिफ्ट आइटम, टेलरिङ
थप विवरण : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइने?

प्रतिक्रिया