सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।
यो सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भ डिजिटल प्लेटफर्म (आईसर्भ डट एनआईसीएसियाबैंक डटकम)मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो।
बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमार्फत आईसर्भभित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘डेबिट कार्ड रिप्लेसमेन्ट’मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ।
यसका लागि ग्राहकले ‘डेबिट कार्ड रिप्लेसमेन्ट’मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।
त्यसलगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेको ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्छ।
सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहक महानुभावले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्छ।
आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहक महानुभावलाई जानकारी गराउनेछ।
यो अनलाइन सुविधाले ग्राहकहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दूरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ।
Shares

प्रतिक्रिया