कारोबार


धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियारमा उजुरी

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
असार ३, २०७८ बिहिबार ७:५९,

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

ढुंगानाविरुद्ध आयोगमा बुधबार उजुरी दर्ता भएको हाे। 

स्राेतका अनुसार अख्तियारमा उक्त उजुरी अनलाइनमार्फत सी-०३५०७४/२०७८–३–२ नम्बरमा दर्ता भएकाे छ। 

अध्यक्ष ढुंगानाले सेयरबजारका ठूला लगानीकर्तासँग आर्थिक लाभ लिने दिने गरेको आरोप उजुरीमा लगाइएको छ।

लगानीकर्ताहरुको साँठगाँठमा नै मंगलबार सेयरबजारलाई तलमाथि गराउन बोर्डले विज्ञप्ति जारी गरेको उजुरीमा बताइएको छ।

मंगलबार बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै नाम नै सार्वजनिक गरेको थियो।

उजुरीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा निकै बाधक बनेको र त्यसबापत पनि आर्थिक लाभ लिएको आरोप लगाइएको छ। त्यसको छानबिनको माग उजुरीमा गरिएको छ।

याे पनि ः 
सेयरबजारका यी ५१ कम्पनीमा लगानीकर्तालाई जोखिम (सूची)
सेयरबजारका दुई निकायबीच ‘द्वन्द्व’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .