कारोबार


सेयरबजारका यी ५१ कम्पनीमा लगानीकर्तालाई जोखिम (सूची)

सेयरबजारका यी ५१ कम्पनीमा लगानीकर्तालाई जोखिम (सूची)

नेपालखबर
असार १, २०७८ मंगलबार ११:६,

नेपाल धितोपत्र बोर्डले सेयरबजारमा रहेकामध्ये ५१ कम्पनीमा लगानी गर्नु जोखिम हुने बताएको छ।

पछिल्लो समय नेप्से सूचक ३ हजार विन्दुमा पुग्दै गर्दा कारोबार रकम समेत २० अर्ब पुगिरहेका बेला बोर्डले गरेको अध्ययनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन), विशालबजार कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्टलगायतका कम्पनीमा लगानी गर्नु जोखिम हुने देखिएको हो।

अध्ययनमा ५१ कम्पनीको २०७३ साउन, २०७७ वैशाख र २०७८ जेठ ३१ गतेको सेयर मूल्य तुलना गरिएको छ।

सूचीको पहिलो नम्बरमै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड परेको छ। बोर्डका अनुसार यो बैंकको सेयर मूल्य २०७३ साउन १२ गते प्रतिकित्ता एक सय २९ रुपैयाँ र २०७७ वैशाख ३० मा ११४ रुपैयाँ थियो। तर २०७८ जेठ ३१ अर्थात् हिजो यो कम्पनीको मूल्य ७ सय ३२ रुपैयाँ पुगेको छ। यो कम्पनीको प्रतिसेयर आम्दानी ५.०३ रुपैयाँ छ। त्यस्तै कम्पनीको सेयर मूल्य र प्रतिसेयर आम्दानीबीचको सम्बन्ध १४५.५३ रुपैयाँ छ भने नेटवर्थ १५२.०८ रुपैयाँ छ।

तुलनात्मक रुपमा यो कम्पनीको सेयर अहिलेको बजार माहोलअनुसार ह्वात्तै बढेको देखिन्छ। बोर्डले यसलाई अस्वाभाविक भनेको छ।

बोर्डका अनुसार विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको मूल्यवृद्धि ३ सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरु छनोट गरी बोर्डबाट अध्ययन गरिएको थियो।

साथै उक्त सूचीकृत संगठित संस्थाको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जनाएको छ। बोर्डले लगानीकर्तालाई यी संस्थामा लगानी गर्दा ध्यान दिन भनेको छ।

कुन कुन कम्पनीमा लगानी जोखिम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .