रिलायन्स लाइफ इन्स्याेरेन्सले म्याद नाघेको बीमालेखको विलम्ब शुल्क नलिने भएको छ।
कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको विलम्ब शुल्क नलिने भएको हो।
कम्पनीका अनुसार २०७८ असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो।
सोको फाइदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ।
प्रतिक्रिया