समाज


भारतमा ६० हजार संक्रमित बन्दा २७ सयको मृत्यु, संक्रमित संख्या ७५ दिनयताकै कम

भारतमा ६० हजार संक्रमित बन्दा २७ सयको मृत्यु, संक्रमित संख्या ७५ दिनयताकै कम

नेपालखबर
असार १, २०७८ मंगलबार ६:१७,

सो क्रममा त्यहाँ ७५ दिनयताकै सबैभन्दा कम संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ६० हजार ४७१ संक्रमित बन्दा २ हजार ७२६ को मृत्यु भएको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट संक्रमित हुनेको यो संख्या ३१ मार्च यताकै कम हो। यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९५ लाख पुगेको छ।

यस्तै भाइरसबाट भारतमा हालसम्म ३ लाख ७७ हजारको मृत्यु भइसकेको छ। भारतमा हालसम्म २५ करोड जनताले खोप लगाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .