कारोबार


सिटिजन लाइफको अनलाइन बीमा सेवा अन्तर्गत २ दिनमै दाबी रकम हस्तान्तरण

सिटिजन लाइफको अनलाइन बीमा सेवा अन्तर्गत २ दिनमै दाबी रकम हस्तान्तरण

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ११:१२,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत सुरु गरेको अनलाइन बीमा दाबीको भुक्तानी गरेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका–१ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो। बीमितका अभिकर्ताले अनलाइनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ

लकडाउनको समयमा उनका श्रीमान धु्रब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम रु. १० लाख, बोनस रकम रु. ३५ हजार तथा काजकृया खर्च बापत रु. ५० हजार गरी जम्मा रु. १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुव खत्रीको बैंक खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए।

बीमितले एक किस्ता बराबरको रु.७८ हजार ७ सय ९७ रकम जम्मा गरेका थिए। रकम बिमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान धु्रब राज खत्रीले जानकारी गराए।

कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरीय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरे।

उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए। उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए।

साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाब पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad