आन्तरिक उडान खोल्न हवाइ क्षेत्रका व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्।
उड्डयन व्यवसायीहरुले हवाइ यात्रा सुरक्षित रहेको भन्दै मन्त्राललाई आन्तरिक उडान खोल्ने प्रस्ताव गरेका हुन्।
सरकाले आन्तरिक उडान अनिश्चित कालसम्मको लागि स्थगन गरेको छ। व्यवसायीले महामारी घट्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्नुपर्ने बताएका छन्।
वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक उडान खोल्न प्रस्ताव गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने आन्तरिक उडान खोल्ने वा नखोल्ने विषय मन्त्रालयको मात्रै नभएको बताएको छ।
मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धि सागर लामिछानेले हामीले खोलौँ भनेर खुल्ने अवस्था नभएको बताए।
‘मन्त्रालयले खोल्ने भने पनि मन्त्रिपरिषदले गर्ने निर्णय हो’, लामिछानेले भने, ‘मन्त्रालयमा तत्काल अन्तरिक उडान खोल्नुपर्ने विषयमा छलफल भएको छैन।’
Shares
प्रतिक्रिया