सेयरबजार फेरि उच्च विन्दुमा पुगेको छ।
नेप्से परिसूचक आज ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ७.४७ अंकले बढेको छ।
आजको कारोबारमा २ सय १८ कम्पनी सामेल भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ लाख ४९ हजार ७ सय ८ पटकको किनबेचमा १६ अर्ब ९५ करोड १२ लाख लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ।
आज साढे ३ लाख बढी कित्ता सेयर बिक्री भएका छन्।
कारोबारमा आज १३ मध्ये होटल र पर्यटन, माइक्रोफाइनान्स र लगानीबाहेकका समूहको सूचक हरियो छन्।
सर्वाधिक कारोबारमा पुनर्बीमा कम्पनीले आफ्नो दबदबा कायमै राखेको छ। कम्पनीको एक अर्ब बढीको सेयर किनबेच भएको छ।
आज तीन दर्जन कम्पनीका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा आम्दानी गरेका छन्। त्यस्तै, गुमाउनेले २.८५ प्रतिशतसम्म मात्रै गुमाएका छन्।

प्रतिक्रिया