सेयरबजार लयमा देखिएको छ।
साताको अन्तिम कारोबार दिन आज नेप्से २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा पुगेको छ।
त्यस्तै सेन्सिटिभ सूचक पनि ७.९६ अंकले बढेको छ।
आजको कारोबारमा २ सय १८ कम्पनी सामेल भएका छन्। दिनभरिमा १ लाख ५५ हजार ६ सय ५५ पटकको खरिदबिक्रीपछि कारोबार रकम आज १६ अर्ब ९० करोड ७० लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सो क्रममा कम्पनीहरुको ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता सेयर बिक्री भएको छ।
उच्च कारोबारसँगै आज बजार पुँजीकरण समेत ३९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ भने बजारमा १३ खर्ब ८१ अर्ब रुपैयाँको तरलता रहेको नेप्सेले जनाएको छ।
आज व्यापार, जलविद्युत्, निर्जीवन बीमा, अन्य समूहको सूचक ओरालो झर्दा बाँकी समूहको सूचक भने उकालो लागेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च छ। कम्पनीको कुल एक अर्ब २ करोड ७० लाख २७ हजार रुपैयाँको कारोबार भएको हो।
दोस्रो ठूलो कारोबार भने छिमेक लघुवित्तको भएको छ। उसको ६८ करोडको कारोबार भएको हो।
यसबाहेक लुम्बिनी विकास बैंकको ३५ करोडको, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख र निफ्राको ३३ करोड १३ लाखको कारोबार भएको छ।
आज चारवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीको आम्दानी गर्दा गुमाउने लगानीकर्ताले भने ५.९२ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया