राजनीति


नेपाल पक्षको बैठक : ओलीसँग समय तोकेरै विवाद सुल्झाउँ, नत्र पार्टी पुनर्गठन गरौं

नेपाल पक्षको बैठक : ओलीसँग समय तोकेरै विवाद सुल्झाउँ, नत्र पार्टी पुनर्गठन गरौं

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १०:४०,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यको बैठकमा पार्टी विवादलाई अब निश्चित समय तोकेरै टुंग्याउनु पर्नेमा जोड दिइएको छ।

आज बसेको भर्चुअल बैठकमा पछिल्ला घटनाक्रमबारे समीक्षा गरिएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएका अनौपचारिक छलफलमा जेठ २ मा फर्कने भनिए पनि त्यसलाई औपचारिकता नदिएर अल्झाएको अधिकांश नेताहरुले बताएका थिए।

सो छलफलमा जेठ २ मा फर्कने हो भने त्यसको औपचारिक टुंगो छिटो लगाउन ठाकुर गैरे, निरज आचार्य, केदार न्यौपाने, सुरेन्द्र मानन्धरसहितका नेताले सुझाव दिएका थिए।

उनीहरुले निश्चित समय तोकेर त्यसलाई टुंग्याउन सुझाव दिए। अलमल्याउने रणनीति हुनसक्ने तर्फ सचेत रहन पनि उनीहरुको आग्रह थियाे।

बैठकमा अधिकांश नेताले एकता बचाउनका लागि जेठ २ मा फर्किन ओली तयार छन् भने त्यसअनुसार अघि बढ्नुपर्ने बताएका थिए। तर अलमल्याउने हो भने पार्टी पुनर्गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए।

बैठकको सुरुमै ओली पक्षसँग भएका अनौपचारिक बैठकबारे घनश्याम भूसाल र सुरेन्द्र पाण्डेले जानकारी गराएका थिए।

सो भर्चुअल बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षसँग पनि निरन्तर संवादमा रहेका चार प्रभावशाली नेताहरु पनि सहभागी भएका छन्।

अनलाइन माध्यमबाट भएको छलफलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दाेस्रो तहका नेताहरुले पनि धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad