कारोबार


एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना

एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ९:७,

एनआईबीएल एस क्यापिटल लिमिटेडले इकाईधनीहरुलाई एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ।

तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा सहभागी हुन कम्पनीले गत २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो। हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासीघ्र सहभागी हुन आग्रह गरिएको हो।

यस योजना अन्तर्गत इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिन जानकारी गराइएको छ।

लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया
१) एनआईबीएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सहिनेछ।

२) योग्य इकाईधनीहरुले अनलाइन लिंक मा गई लाभांश पुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नेछन्।

३) आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाउन सक्नेछन्।

लाभांशको दर्ता किताब बन्द हुने मितिका दिन सम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad