कारोबार


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ल्यायो ब्याज छुट योजना

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ल्यायो ब्याज छुट योजना

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १४:२३,

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुका लागि ब्याज छुटको योजना सार्वजनिक गरेको छ।

कम्पनीले यही जेठ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई यही जेठ १८ गतेदेखि ३१ गते सम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८ व्रतिशत देखि अधिक १५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

सो वित्तीय संस्थाले गत आ.वा २०७६/०७७ मा समेत आफ्ना ग्राहकहरुलाई रु ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो। सोही आ.व.मा संस्थाले रु ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो।

ग्राहकमैत्री संस्थाको अवधारणा अनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ। यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको हो।

गत महिनामा समेत २०७८ को वैशाख २४ गते देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १० प्रतिशत छुट प्रदान योजना लागू गरी सो अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुट वापत प्राप्त गर्ने रकम रु.१५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको छ।

संस्था र सेवाग्राही एक अर्काका परिपुरक हुन भन्ने हाम्रो मान्यतालाई चरितार्थ गराउन योजनाले सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ। साथै, संस्था र आबद्ध सदस्यहरु बिचको सम्बन्ध दिगो एवं सुमधुर हुनेमा समेत संस्था पूर्ण विश्वस्त रहेको जनाएको छ।

आम जनमानसको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाको प्रतिक स्वरुप मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय मार्फत् यस वित्तीय संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ।

उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, दिक्तेल भोजपुर, धार्चुला, अछाम, बैतडी, बझाङ जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad