कोरोना महामारीको समयमा चार वायुसेवा कम्पनीले नियमिति उडानको अनुमति पाएका छन्।
नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, एयर इन्डिया र कतार एयरवेजले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान अनुमति पाएका हुन्।
नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गर्दै सार्वजनिकसमेत गरेको छ।
सार्वजनिक तालिका अनुसार टर्कीसले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ। टर्किसले ३ जुनबाट सातामा हरेक बिहीबार एक उडान अनुमति पाएको छ।
नेपाल एयरलाइन्सले सोमबार र वुधबार उडान भर्नेगरी ७ जुनबाट उडान अनुमति पाएको छ। नेपाल एयरलाइन्सलाई कतारको दोहा र नयाँ दिल्लीका लागि अनुमति दिइएको छ।
कतार एयरवेजलाई सोमबार दोहा उडानका लागि अनुमति दिइएको छ। यो उडान ७ जुनबाट सुरु हुने छ। दोहाका लागि नेपाल एयरलाइन्स र कतार एयरवेजले सोमबार उडान गर्ने प्राधिकरणले जनाएको छ।
यस्तै एयर इन्डियाले शुक्रबारका लागि उडान गर्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल एयरलाइन्सले नयाँ दिल्लीका लागि वुधबार उडान गर्न सक्ने छ।
भारतका लागि एयर बबल अनुसार उडान भइरहे पनि थप तीन गन्तव्यका लागि सरकारले एक साता अगाडि उडान खोल्ने निर्णय गरेको थियो।
सरकारले चीनका लागि उडान खोले पनि तालिका सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया