गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो। वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
साथै आम जनताहरुमा बीमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।
कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढीको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ। एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ।

प्रतिक्रिया