सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किटलगायतका आवश्यक उपकरण खरिद गर्न ४ विनियोजन गरेको छ।
अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा उक्त कुरा बताएका हुन्। उनले खोप तथा स्वास्थ्य सामग्रीका लागि बजेट कम हुन नदिने बताए।
यस्तै एक सय शय्याभन्दा माथिका अस्पतालले अनिवार्य रुपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने व्यवस्था मिलाइएको उनले बताए।
त्यसबाहेक अक्सिजन उद्योगका सामानमा भन्सार छुट गरिएको तथा अक्सिजन उत्पादन गर्न लाग्ने विद्युतीय महसुलमा ५० प्रतिशत छुट दिइएको उनले बताए।

प्रतिक्रिया