सरकारले नेपालमा विदेशी लगानी १८.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त दरले बढेर विदेशी लगानी १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान गरेको बताएका हुन्।
आर्थिक वर्ष २०७६÷०७७ मा भने कुल लगानी ३०.४ प्रतिशतले संकुचित भएको थियो।
त्यस्तै सरकारले कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात चालू आवमा ६.६ प्रतिशत पुग्ने अनुमान गरेको छ।
3
Shares

प्रतिक्रिया