कारोबार


ओपो पान-इन्डष्ट्रि इको रेटिङ लेबलिङ स्किमको पहिलो पार्टनर

ओपो पान-इन्डष्ट्रि इको रेटिङ लेबलिङ स्किमको पहिलो पार्टनर

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ९:५९,

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड-काईन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-इन्डष्ट्रि इको रेटिङ लेबलिङ स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ।

सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागू गरिने छ। यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरुबीच तुलना र पहिचान गर्न सघाउने छ।

यूरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा इको रेटिङ इनिसिएटिभ सञ्चालनमा ल्याएका हुन्।

यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो।

यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्यकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटापनि उपलब्ध गराएको छ।

प्रक्रिया अन्तर्गत बिस्तृत मूल्यांकन मार्फत हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणीय परफरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट इको रेटिङ स्कोर प्रदान गरिन्छ। उपकरणलाई दिइने इको रेटिङ लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट इफिसियन्सी र रिसोर्स इफिसियन्सी गरी ५ पक्षको प्रतिनीधित्व गर्छ।

औद्योगिक पार्टनर्ससँगको सहकार्यका साथै ओपो आफैँ पनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ। कम्पनीले डिजाईनिङदेखि प्याकेजिङ लगायत हर सम्भव प्रक्रियामा सस्टेनेवल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ।

सन् २०१९को तुलनामा ओपोले वजनका आधारमा सन् २०२०मा १३गूणा बढी उत्पादन रिसाइकल गरेको छ। उदाहरणका लागि ओपोका प्याकेजिङ ४५ प्रतिशत रिन्यूएबल फाइबर्सको प्रयोग गरिन्छ। त्यसैगरी ओपोले आफ्नो जेनरल वेस्टमा ४२.७ प्रतिशत र ईन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २० प्रतिशतले कटौती ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad