अर्थ मन्त्रालयले पाँचवटा प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७७÷०७८ मा ती प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने बताएका छन्।
कोभिड १९ महामारीको कारण आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेको जनाएको छ।
चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर सबैभन्दा बढी वाग्मती प्रदेशको ४.६५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ को ३.५२ प्रतिशत रहने अनुमान छ।
यद्यपि पछिल्लो समयमा कोभिड–१९ को दोस्रो लहर तीव्ररुपमा फैलिइरहेको हुँदा चालू आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको मन्त्रालयलले उल्लेख गरेको छ।
सरकारले समग्र नेपालको आर्थिक वृद्धि संशोधित अनुमानबाट ४ प्रतिशत हुने भने पनि घट्ने देखिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया