साताको पहिलो कारोबार दिन घटेको सेयरबजार आज दोस्रो कारोबार दिन भने उकालो लागेको छ। नेप्से परिसूचक ७.२३ अंकले बढेर १२२२.०६ विन्दुमा आइपुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.८५ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कुल १ सय ७५ कम्पनीको कारोबार भएकामा १४ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ९ हजार ३ सय ६ पटकको खरिदबिक्रीपछि ३८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५८ लाखको सेयर प्रतिकित्ता १ सय ९६ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै रसुवागढी हाइड्रोपावर लिमिटेडको २ करोड १५ लाखको प्रतिकित्ता मूल्य २ सय ६ रुपैयाँमा कारोबार भएको छ भने एनआईसी एसिया बैंकको १ करोड ७१ लाखको प्रतिकित्ता ४ सय ६० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै सोल्टी होटलको १ करोड ६७ लाखको र कृषि विकास बैंकको १ करोड ६६ लाखको सेयर कारोबार भएको छ।
कमाइका आधारमा आज नाडेप लघुवित्तका सेयरधनी अग्रपंक्तिमा छन्। उनीहरुले प्रतिकित्ता ३६ रुपैयाँ आम्दानी गर्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले पनि ३० रुपैयाँ आर्जन गरेका छन्। त्यस्तै ग्लोबल आईएमई लघुवित्त संस्थाका सेयरधनीले ४६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले १४ रुपैयाँ आर्जन गरेको नेप्सेले जनाएको छ।
गुमाउने कम्पनीमा भने आज सानिमा इक्विटी फन्ड अगाडि छ। कम्पनीको सेयर ३.५७ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले २.९० प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीले २.५६ प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका सेयरधनीले २.५२ प्रतिशत गुमाएका छन्।
आज ११ समूहको कारोबार भएकामा निर्जीवन बीमा समूहको बाहेक अन्य १० वटा समूहको कारोबार सूचक हरियो रहेका छन्।

प्रतिक्रिया