१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ दिने सहमति भएको छ।
अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो।
अर्थमन्त्रालयले त्रिवि शिक्षण अस्पताल र जिल्ला अस्पताल संखुवासभालाई ८०/८० लाख, जिल्ला अस्पताल चौतारा, जिल्ला अस्पताल दैलेख, जिल्ला अस्पाताल धनकुटा, जिल्ला अस्पताल जलेश्वर र जिल्ला अस्पताल इलाम, रामेछाप अस्पताल, चौरजहारी अस्पताल रुकुम पश्चिम र टिकापुर अस्पताल कैलालीका लागि ७५/७५ लाख रुपैयाँ दिने सहमति गरेको छ।
यस्तै, ओखलढुङ्गा अस्पताल र व्यास अस्पतालका लागि २५/२५ लाख रुपैयाँ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ।

प्रतिक्रिया