निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आइतबार पर्साको वीरगञ्जमा आयोजना गरेको छ।
सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए।
आ.व. २०७४/७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ।
यसभन्दा अघि कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रतिक्रिया