कारोबार


एनआईसी एसियाको विस्तारित काउन्टर कञ्चनपुर भन्सार कार्यालयमा

एनआईसी एसियाको विस्तारित काउन्टर कञ्चनपुर भन्सार कार्यालयमा

नेपालखबर
भदौ २, २०७६ सोमबार ६:३१,

एनआईसी एसिया बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भदौ १ गतेबाट सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गरेका हुन्। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे, नेपाल सरकार भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीम प्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ललगायतको उपस्थिति रहेको थियो।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको जानकारी गराए। 

बैंकको मुलुकभर २ सय ९५ शाखा कार्यालयहरु, ३ सय ३८ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad