कारोबार


सिंगापुरबाट ल्याइएका १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

सिंगापुरबाट ल्याइएका १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:४९,

देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि १३ टनभन्दा बढी मेडिकल कार्गो सिंगापुरबाट नेपाल आएको छ।

नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो।

तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग सहकार्यमा ती सामग्री नेपाल ल्याइएको हो।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो हृदयेश त्रिपाठी (माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) लाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज भएको एक संक्षिप्त समारोहमा हस्तान्तरण गरेका हुन्।

यसमा १ लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, (ब्८ स्टार), ५ हजार बाकस सिटोटेष्ट स्वाब किट्स (२ लाख ५० हजार किट), २ म्याजेक३२ आरएनए निकासी मेसिनहरु, २५ सय निकासी किट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बाइ–पाप, नन–इन्भेसिभ भेन्टिलेटरहरु र ४ हजार पल्स अक्सिमिटरहरु समावेश छन्।

cargo nigam plane

यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ।

तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वक्तव्यमा कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक रहेको बताए।

‘तामासेक फाउन्डेसन महामारीविरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ’, उनले भने।

सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो। यसैगरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो।

मन्त्री त्रिपाठीले अहिलेको कठिन घडिमा सिंगापुरको तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा बु्रअरीबाट प्राप्त यो सहयोगको लागि आभार व्यक्त गरे।

उनले भने, ‘प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड–१९ को उपचारमा तीव्रता ल्याउने कुरामा विश्वस्त गर्न चाहन्छु। कोभिड–१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा बु्रअरीबाट आउँदो दिनहरुमा पनि यस्तै सहयोगको आशा गरिन्छ।’

उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा बु्रअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे।

नेपाल सरकारबाट उक्त सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।

गोर्खा बु्रअरीबाट यसअघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरुमा निरन्तर रुपमा विभिन्न सहयोग गर्दै आएको छ। २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोगस्वरुप प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad