ad ad

प्रविधि


२६ वर्षको सेवापछि माइक्रोसफ्टको ब्राउजर इन्टरनेट एक्सप्लोरर् बन्द हुँदै

२६ वर्षको सेवापछि माइक्रोसफ्टको ब्राउजर इन्टरनेट एक्सप्लोरर् बन्द हुँदै

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:४६,

२६ वर्षभन्दा बढी प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर् आगामी वर्ष बन्द हुने कम्पनीले जनाएको छ।

माइक्रोसफ्टले आफ्नो ब्लगमा विन्डोज १० मा जुन २०२२ देखि इन्टरनेट एक्सप्लोररको सुविधा नहुने जानकारी दिएको हो।

अधिकारीहरुका अनुसार विश्वभरका इन्टरनेट प्रयोगकर्तामध्ये ८ प्रतिशतले अझै इन्टरनेट एक्सप्लोरर् प्रयोग गर्दछन्।

इन्टरनेट एक्सप्लोररको प्रतिस्थापनमा माइक्रोसफ्ट एजले काम गर्ने बताइएको छ।

माइक्रोसफ्ट एजमा इन्टरनेट एक्सप्लोरर् मोड दिइने बताइएको छ।

पुराना माइक्रोसफ्ट ढिला चल्ने भएका हुनाले त्यसलाई माइक्रोसफ्टले बन्द गर्न थालेको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .