कारोबार


आज निषेधाज्ञापछिकै धेरै ११ अन्तर्राष्ट्रिय उडान हुँदै

आज निषेधाज्ञापछिकै धेरै ११ अन्तर्राष्ट्रिय उडान हुँदै

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ६:९,

निषेधाज्ञापछि मंगलबार (आज) सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदै छन्।

त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान हुँदै छन्।

मंगलबार सबैभन्दा धेरै उडान हिमालय एयरलाइन्सले गर्दै छ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजले साउदी अरबको दमाममा ३ उडान गर्दै छ।

त्योसँगै चीनको कुनमिङमै थप दुई उडान गर्नेछ।

त्यसैगरी नेपाल एयरलाइन्सले पनि ४ उडान गर्दै छ। दुई उडान चीनको बेइजिङमा र दुई उडान साउदी अरबको दमाममा गर्दै छ।

हिमालय र नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा भारतीय नागरिक बोकेर जानलागेका हुन्।

नेपालस्थित भारतीय दूतावासको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई १० वटा चार्टर्ड उडान अनुमति दिएको छ।

जसले नेपालमा रहेका करिब २ हजार भारतीयलाई साउदी अरब लैजानेछन्। हिमालयले ३ उडान अनुमति पाएको छ भने नेपाल एयरलाइन्सले ७ वटा उडान अनुमति पाएको छ।

त्यसबाहेक आजै रसियन एयरलाइन्सले मस्को–काठमाडौं उडान गरी रसियन नागरिक काठमाडौंबाट लगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad