कारोबार


पाँच सय ५० अक्सिजन सिलिन्डर लिएर काठमाडौं आइपुग्यो निगमको वाइडबडी

पाँच सय ५० अक्सिजन सिलिन्डर लिएर काठमाडौं आइपुग्यो निगमको वाइडबडी

नेपालखबर
जेठ २, २०७८ आइतबार ८:२२,

नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर लिएर काडमाडौं आइपुगेको छ।

हिजो राति चीनको बेइजिङ गएको जहाजले खालि अक्सिजन सिलिन्डर ल्याएको हो।

नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको थियो।

चीनले दिएको २० हजारमा १८ हजार स्थलमार्गबाट आउँदै छ भने २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ।

गत मंगलबार चीनबाट ४५० अक्सिजन सिलिन्डर ल्याएको नेपाल एयरलाइन्सले आज ५५० सिलिन्डर ल्याएको हो।

नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलिन्डर ल्याउनेछ।

अहिले बेइजिङबाट आएको बाइडबडी राति ११ बजे फेरि बेइजिङ जाँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad