नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर ल्याएर काडमाडौं आइपुगेको छ।
हिजो राति चीनको बेइजिङ गएको जहाजले खालि अक्सिजन सिलिन्डर ल्याएको हो।
नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको थियो।
चीनले दिएको २० हजारमा १८ हजार उत्तरी नाकामा आइपुगेको छ भने २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ।
गत मंगलबार चीनबाट ४५० अक्सिजन सिलिन्डर ल्याएको नेपाल एयरलाइन्सले आज ५५० सिलिन्डर ल्याएको हो।
नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलिन्डर ल्याउनेछ।
अहिले बेइजिङबाट आएको बाइडबडी राति ११ बजे फेरि बेइजिङ जाँदै छ।

प्रतिक्रिया