संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उनले कर्मचारीलाई सो निर्देशन दिएका हुन्।
नवनियुक्त मन्त्री ढकालले कोभिड १९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउने गरी नीति बनाउन निर्देशन दिए।
उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।
ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न भनेका छन्।
मन्त्री ढकालले पशुपति आर्यघाटमा कोभिड १९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गरेका छन्।
यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन्।
अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन्।
प्रतिक्रिया