कारोबार


प्राविधिक समस्याले सेवा अवरुद्ध भएकोमा रिचार्जरले गर्‍यो क्षमा याचना

प्राविधिक समस्याले सेवा अवरुद्ध भएकोमा रिचार्जरले गर्‍यो क्षमा याचना

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ८:८,

इ–कमर्स प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना गरेको छ।

रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ह्याप्पी आवरमा ९ सय ९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो।

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अवरुद्ध हुनपुगेको कम्पनीले जनाएको छ।

यसबाट आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति रिचार्जरले माफी मागेको हो।

दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भइरहेको बताउँदै ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन्।

एप सुचारु भएपछि पूर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए।

उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भएपछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिडसम्बन्धी वस्तु तथा उपकरण उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .