कारोबार


भारतीय नागरिक बोक्न दुई एयरलाइन्सलाई अनुमति

भारतीय नागरिक बोक्न दुई एयरलाइन्सलाई अनुमति

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १४:९,

भारतीय नागरिक बोक्नको लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अनुमति पाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको अनुरोधमा काठमाडौं– रियाद÷जेद्दा उडानका लागि अनुमति पाएका हुन्।

प्राधिकरणका अनुसार चार्टड उडान अनुमति पाएका दुवै एयरलाइन्सले भारतीय नागरिक मात्रै बोक्न पाउने छन्।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछानेले विदेशमा रहेका नेपाली ल्याउनको लागि भने कुनै चार्टड उडान नभएको बताएका छन्।

उनले नेपालमा भएका विदेशी नागरिक फर्कन सम्बन्धित देशको राजदूतावासले चार्टड अनुमति माग गरे मन्त्रालयले दिने जानकारी दिए।

नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान मे अन्तिमसम्म बन्द भएपनि नेपाल भारत उडान भने एयर ट्राभल बबल सुविधा अन्तगर्त हप्तामा दुई उडान भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .