सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिक वन काठमाडौं प्रालीबीच ‘कोभिड–१९ प्रि एण्ड पोष्ट सर्भिस’ सम्बन्धी साझेदारी भएको छ।
हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था सिर्जना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यस बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टरसम्म सहज पहुँच नपुगिरहेको परिप्रेक्षमा सो कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धी आवश्यक सहयोग पुर्याउने उदेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत क्लिनिक वन सँग ‘कोभिड–१९ प्रि एण्ड पोष्ट सर्भिस’ सम्झौता गरेको व्यहोरा जानकारी गराएको छ।
उक्त सम्झौता अनुसार यस कम्पनीसँग सम्वन्ध व्यक्तिहरुले उक्त क्लिनिकबाट पूर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरिएको छ।
कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परीक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधिको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाइनेछ। यसको लागि कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोन नं.को व्यवस्था गरिएको छ।
हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्तरगन अनलाइन मार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागी सिटिजन केयर कार्यक्रम सञ्चालन गरेको छ।
कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विद्युतीय माध्यमहरु (इ सेवा, फोन पे, कनेक्ट आईपीएस, बैंक डिपोजिट) इत्यादि मार्फत भुक्तानी गर्न सकिने व्यवस्था विगत वर्षदेखी रहेको छ।
Shares

प्रतिक्रिया