सबै कोरोना संक्रमित चित्तुर जिल्लास्थित तिरुपतिको रुइया अस्पतालको आईसीयू वार्डमा उपचाररत थिए।
चित्तुर जिल्लाका प्रमुख हरिनारायणका अनुसार सोमबार राति आठ बजेको समयमा पाँच मिनेट अक्सिजन आपूर्तिमा सामान्य गिरावट आउँदा ११ कोरोना संक्रमितको मृत्यु भएको हो।
यद्यपी मृतकका परिवारले अस्पतालमा आधा घण्टासम्म अक्सिजन आपूर्ति बन्द भएको आरोप लगाएको बीबीसीहिन्दीले जनाएको छ।
भारतमा दैनिक चार लाखको दरले कोरोना संक्रमित थपिरहँदा सोही अवधिमा ४ हजारको मृत्यु भइरहेको छ।
कोरोना संक्रमित ह्वात्तै बढेपछि यहाँ अक्सिजन चाहिने बिरामी धेरै थपिएका हुन् जसका कारण अक्सिजनको अभाव भएको बताइएको छ।

प्रतिक्रिया