कारोबार


१ सय २९ प्रतिशतले वृद्धि गर्दै एनआईसी एसियाले कमायो ३ अर्ब ५ करोड नाफा

१ सय २९ प्रतिशतले वृद्धि  गर्दै एनआईसी एसियाले कमायो  ३ अर्ब ५ करोड नाफा

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ७:२३,

गत आर्थिक वर्षमा एनआईसी एसिया बैंकले ३ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार १ सय २९ प्रतिशतले नाफा वृद्धि गरेको हो।

अघिल्लो आर्थिक वर्षमा एनआईसी एसिया बैंकको नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षभरिमा कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् ४ अर्ब १५ करोडले वृद्धि गरी ९ अर्ब ५१ करोड रुपैयाँ रहेको बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।

बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि भई ६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ। बैंकले यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार २ खर्ब १७ अर्ब ७० करोड पु¥याउन सफल भएको छ।

जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् २९ अर्ब ५४ करोड रुपैंयाको वृद्धिसहित १ खर्ब ५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् २९ अर्ब ३६ करोडको वृद्धिसहित १ खर्ब ८० अर्ब ५८ करोड पु¥याउन सफल भएको छ। प्रतिशेयर आय एक सय ८ प्रतिशतले वृद्धि भई ३४ रुपैयाँ ५६ पैसा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .