कारोबार


निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने

निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ९:०,

निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने भएका छन्।

सरकारले काठमाडौं उपत्यकामा १५ दिनको निषेधाज्ञा जारी गरे पनि विकास निर्माणका कार्यलाई निरन्तरता दिने भएको हो।

निषेधाज्ञाको समयमा विकास निर्माणका काम गर्नको लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था गरिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा पास लिन सकिने उल्लेख रहेको छ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिगर मात्रै निर्माण कार्य सञ्चालन गर्न सकिने जिप्रका काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .