खेल


निषेधाज्ञामा पनि नेपाल सुपर लिग फुटबल नरोकिने

निषेधाज्ञामा पनि नेपाल सुपर लिग फुटबल नरोकिने

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ८:४९,

कोभिड–१९ को दोस्रो लहरको पहिलो निषेधाज्ञाका बीचमा पनि नेपाल सुपर लिग (एनएसएन) नरोकिने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले लिग नरोकिने बताएका हुन्।

सरकारले पर्सि बिहीबारदेखि लकडाउनको घोषणा गरेसँगै लिग हुने नहुने बारेमा अनिश्चितता थियो।

तर स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्दै लिग सञ्चालनका लागि आयोजक, सहभागी टोलीका खेलाडी, खेल सञ्चालनका लागि प्राविधिक टोली र सञ्चाकर्मीको उपस्थितिमा मात्र एनएसएल सञ्चालन गर्न स्वीकृत भएको सिलवालले बताए।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पालना र विना दर्शक आयोजना गर्न स्वीकृति दिएको सदस्यसचिव सिलवालले बताए।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्। राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्। व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उदीयमान खेलाडीले पनि १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad