कारोबार


हिमालयन बैंकद्वारा एससीटी युनियन पे कार्ड सेवा सुरु

हिमालयन बैंकद्वारा एससीटी युनियन पे कार्ड सेवा सुरु

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ८:४५,

हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ।

भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच कार्ड सेवा सुरु गरिएको हो।

सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ।

भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यावसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ।

युनियनपेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एचबीएल युनियनपे एससीटी कोब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा प्रसन्नता व्यक्त गरेका छन्।

त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुने कुराको जानकारी दिएका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले सो अवसरमा यूनियनपे तथा एससीटीसँग सहकार्य गरी ‘एचबीएल युनियनपे एससीटी कार्ड’ सञ्चालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे।

उनले नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे, भिसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डिस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे।

हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि संचालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखि नै जारी गर्दै आइरहेको छ।

सन् २०१८ देखि क्यूपे वालेट पनि सञ्चालन गर्दै आएको एससीटी नेपालमा युनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ।

हिमालयन बैंक र एससीटीइले यूनियनपेको नेपालमा सेवा स्थानीयकरण गर्ने योजनामा साझेदारको रुपमा रही नेपाल र मित्रराष्ट्र चीनबीचको आर्थिक तथा व्यवसायिक क्रियाकलापमा सहयोग पु¥याउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad