कारोबार


नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार २:४३,

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओरालो लागेको नेप्से परिसूचक सोमबार ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ।

कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गर्ने हल्ला चलेसँगै नेप्सेमा उच्च अंकको गिरावट आएको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२५ विन्दुले घटेर ४५२.७९ मा झरेको छ । कूल २२० कम्पनीको एक करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर छ अर्ब ५९ करोड नौ लाख २८ हजार २०२ मूल्यमा खरीद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरणमा समेत गिरावट भई ३४ खर्ब ७० अर्ब ९२ करोड दुई लाख ७० हजारमा सीमित भएको छ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटेल तथा पर्यटन ७१.४३, जलविद्युत् ९९.४४, वित्त २७.७७, निर्जीवन बीमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, लघुवित्त ११२.३४, जीवन बीमा ३५९.१८, सामूहिक लगानी कोष ०.११ र लगानी २.७५ विन्दुले घटेको छ।

कारोबारका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ७४ लाख ५९ हजार ९३३ बराबरको कारोबार भयो।

यस्तै, नेपाल पूर्वाधार बैंक २५ करोड २९ लाख ८१ हजार ७४०, नेपाल पुनर्बीमा कम्पनी २० करोड २४ लाख २१ हजार ६२३, नबिल बैंक १९ करोड ५३ लाख ३५ हजार २९०, नेपाल लाइफ इन्सुरेन्स कम्पनी १७ करोड ७४ लाख ८० हजार ७९३, नागरिक लगानी कोष १६ करोड ९५ लाख ८९ हजार ९४०, एनआइसी एसिया बैंक १६ करोड ३२ लाख ३५ हजार २९७, प्रभु बैंक १५ करोड १२ लाख १४ हजार ७५६ र एचआइडिसिएलको १५ करोड पाँच लाख १६ हजार ८३४ बराबरको भई शीर्ष स्थानमा रहे।

नेप्सेमा उच्च अङ्कको गिरावट आउँदासमेत सोमबार विशाल बजार कम्पनीको शेयरमा ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था ९.९७, माछापुच्छ्रे« बैंकको ऋणपत्र पाँच, गुडविल फाइनान्स ३.७९, एसबिएल ऋणपत्रका लगानीकर्ताले तीन प्रतिशतले कमाए।

त्यस्तैगरी, रिलायन्स फाइनान्स ८.०६, छ्याङदी हाइड्रोपावर ७.५६, सिन्धु विकास बैंक ७.२७, युनाइटेड इदीमर्दी हाइड्रोपावर ६.६७, नेशनल हाइड्रोपावर ६.४१, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.४०, नेपाल हाइड्रो डेभलपर ६.२७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ६.१९ प्रतिशतले गुमाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad