एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा टिमोथी कास्टाग्ने र केलिची इहानाचोले गोल गरे। खेलको १२ औं मिनेटमा क्रिस्टल प्यालेसका विलफ्रेइड जाहाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली लेस्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो। खेलको ५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
८० औं मिनेटमा केलिचीले गोल गर्दै लेस्टरलाई २–१ को जित दिलाएका हुन्। यो जितसँगै लेस्टर ३३ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ। पराजित क्रिस्टल प्यालेस ३८ अंक जोडेर १३औं स्थानमा छ।

प्रतिक्रिया