कारोबार


८० अंकले बढ्यो सेयरबजार, बढेन कारोबार रकम

८० अंकले बढ्यो सेयरबजार, बढेन कारोबार रकम

नेपालखबर
साउन १, २०८३ शुक्रबार १५:१२, काठमाडौँ

सेयरबजार ८० अंकले बढेको छ। 

नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा उक्लिएको हो। 

यद्यपि शुक्रबार कारोबार रकममा भने सुधार देखिएको छैन। १ करोड कित्ता किनबेच भए पनि ४ अर्ब ५७ करोडको मात्र कारोबार भएको हो। 

यस दिन २५९ वटा सेयरको मूल्य बढ्दा १३ वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

शुक्रबार श्रीनगर एग्रिटेकको सेयरमा सकारात्मक सर्किट लाग्दा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक १४.८३ प्रतिशतले बढेको छ। यीबाहेकका सेयर मूल्यमा अधिकतम १२.५४ प्रतिशतसम्मको बढावट देखिएको छ। 

तर आज आत्मनिर्भर लघुवित्तको भने नकारात्मक सर्किट लागेको छ। 

यस दिन अधिकतम २२ करोडसम्मको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad