कारोबार


६५ अंकले घटेको सेयरबजारमा साढे ६ अर्बको कारोबार

६५ अंकले घटेको सेयरबजारमा साढे ६ अर्बको कारोबार

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ९:३८,

कोरोना संक्रमणको त्रास फैलिएसँगै नेपालको सेयरबजारमा आज ६५ अंकको गिरावट आएको छ।

नेप्से सूचक ६५.५८ अंकले घटेर २५०६.६१ विन्दुमा झरेको हो। सेन्सिटिभ सूचक पनि आज ११.२५ अंकले घट्यो।

बजारमा २२० कम्पनी कारोबारमा सामेल भएकामा १ करोड २९ लाख ११ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

दिनभरिमा ८६ हजार पटकको खरिदबिक्रीमा ६ अर्ब ५९ करोडको सेयर कारोबार भएको छ।

आज सबै समूहका सूचक राताम्य भए भने बीमा र माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै अंकले राता भएका छन्।

आजको कारोबारमा विशालबजार र महिला लघुवित्तका सेयरधनीले १० प्रतिशत हाराहारीमा कमाउँदा थोरै कम्पनीको सेयर झिनो दरमा बढेको छ। आज गुमाउने कम्पनीले ८.०६ प्रतिशतसम्म गुमाएका छन्।

त्यस्तै माथिल्लो तामाकोशीको ३१ करोडको, निफ्राको २५ करोडको, पुनर्बीमाको २० करोडको, नबिलको १७ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोडको र नागरिक लगानी कोष र एनआईसी एसिया बैंकको १६÷१६ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad