कारोबार


नेपाल–भारत उडान बन्द गर्नेबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्दै

नेपाल–भारत उडान बन्द गर्नेबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्दै

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ८:३०,

नेपाल–भारत उडान बन्द हुने वा नहुने आज बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्दै छ।

सीसीएमसीले भारतमा कोभिडको महामारी अत्यधिक भएको भन्दै दुई देशबीचको उडान स्थगन गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार सीसीएमसीले भारत उडान बन्द गर्ने सिफारिसमा मन्त्रिपरिषदले आज निर्णय गर्दै छ।

‘भारतमा माहामारीले विकारल रुप लिएपछि नेपाल–भारत उडान बन्द गर्ने सिफारिस मन्त्रिपरिषदमा गएको छ,’ ती अधिकारीले भने ‘सोमबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले उडान के गर्ने भन्ने विषयमा निर्णय गर्छ।’

नागरिक उड्डयन प्राधिकरण प्रवक्ता राज कुमार क्षेत्रीले नेपाल–भारत उडान बन्द गर्नुपर्ने आवाज उठेको भन्दै त्यसको निर्णय सोमबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने जानकारी दिए ।

पछिल्लो समय भारतीयहरु नेपाललाई ट्रान्जिट बनाएर विदेश जाने गरेका थिए। भारतीयहरुले नेपाललाई ट्रान्जिट बनाउन थालेपछि स्वास्थ्य मन्त्रालयले ट्रान्जिटको रुट प्रयोग गर्ने भारतीयको कोरोना परिक्षण नगर्ने स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad