कारोबार


नेपाली बजारमा आयो गोदरेजको नयाँ उत्पादन ‘भिरोशिल्ड’

नेपाली बजारमा आयो गोदरेजको नयाँ उत्पादन ‘भिरोशिल्ड’

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ७:५९,

नेपाली बजारमा रुचाइएको गोदरेज ब्रान्डको नयाँ उत्पादन भिरोशिल्ड आएको छ।

गोदरेल अप्लाएन्सेसले भिरोशिल्ड नेपाली बजारमा भित्र्याएको हो। यसको बिक्रीवितरण नै सुरु भइसकेको उक्त ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी ईओएलले जनाएको छ।

महामारीको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै कम्पनीले २ देखि ६ मिनेटमा कोभिड निःसंक्रमण गर्न क्षमतावान् भिरोशिल्ड भित्र्याएको हो।

यसमा खाद्यान्न, फलफूल, डेरी उत्पादन, प्याकेज खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, ससाना उपहार, मोबाइल, ट्याबलेट, वालेट, पर्स, स्वर्णगरगहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेसनरी सामान, कागजातलाई निःसंक्रमण गर्न सकिन्छ।

नेपाली बजारमा ३० लिटर क्षमतामा भिरोशिल्ड उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले प्रमाणीकरण गरेको कम्पनीको भनाइ छ।

गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजरजस्ता घरायसी सामग्री रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad