कारोबार


वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ९:७,

माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापस
नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले शुक्रबार नेपालगञ्जस्थित पवित्र वागेश्वरी मन्दिरमा क्यूआर कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन्।

कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए। साथै उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यूआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यूआर कोड बारेमा प्रकाश पारे। साथै बाँके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलाल ज्यूले माछापुच्छ्रे बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्र स्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्यु.आर. कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ।

यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad