ad ad

कारोबार


कान नसुन्ने ११ जनालाई कफी बरिस्टा तालिम

कान नसुन्ने ११ जनालाई कफी बरिस्टा तालिम

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ९:४६,

अपांगता भएका व्यक्तिको जीविकोपार्जनको लागि भन्दै काठमाडौंमा ११ जना कान नसुन्ने युवायुवतीहरुले आधारभूत कफी बरिस्टा तालिम सम्पन्न भएको छ।

बरिस्टा तालिम लिएपश्चात् रोजगारदातासामु आफ्नी सीप प्रदर्शन गर्ने अवसर उनीहरूले प्राप्त गरेका छन।

उक्त कार्यक्रम लाइट फर द वर्ल्ड इन्टरनेसनलको आर्थिक सहयोगमा, राष्ट्रिय अपांग महासंघ र आईसीसीओ–पार्ट अफ कोर्डएडद्वारा सञ्चालन भएको थियो।

अपांगता भएका व्यक्तिहरूको जीविकोपार्जनको लागि ‘अपांग मैत्री कफी मूल्य शृंखला विकास’ परियोजनाअन्तर्गत नेशनल कफी एकेडेमीमा उक्त तालिम सम्पन्न भएको थियो।

आईसीसीओको परियोजनाको केही आर्थिक तथा प्राविधिक सहयोगसहित नेपालमै पहिलो पटक अपांगतामैत्री कफी बरिस्टा तालिम पाठ्यक्रम तयार पारेर तालिम स्थानलाई नै अपांगतामैत्री बनाई ११ जना कफी बरिस्टा एकैसाथ तयार भएका छन्।

coffee barista training3

कफी शप दिनानुदिन बढिरहेको अवस्थामा दक्ष कफी बरिस्टाको माग बढ्दै गएको छ। अपांगता भएका व्यक्तिहरुको पहुँच ती क्याफेहरुमा धेरै कम छ।

समावेशी कफी बरिस्टा सीप प्रदर्शनीले तालिम प्राप्त, दक्ष बहिरा कफी बरिस्टाहरुलाई क्याफे सञ्चालक, होटेल सञ्चालक, रेस्टुरेन्ट सञ्चालक तथा विभिन्न सरोकारवाला, रोजगारदातासँग भेट गराइएको थियो।

गत वर्षको एक सर्वेक्षणअनुसार, कोभिड–१९ का कारण झण्डै ६० प्रतिशत अपांगता भएका व्यक्तिहरुले रोजगारी गुमाउनुपरेको बताइन्छ।

यसै कारण पनि यस्ता नौला सीपमूलक तालिमले गर्न आवश्यक भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .