कारोबार


मर्मतसम्भार सकिएपछि मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

मर्मतसम्भार सकिएपछि मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

नेपालखबर
चैत २९, २०७७ आइतबार ५:४९,

मनकामना केबलकार मर्मतसम्भारपछि एक दिनअगावै अर्थात् आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

केबलकारले जारी गरेको सूचनामा केबलकार चैत ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समयभन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत ३० गते सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए।

६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबाबु श्रेष्ठले बताए।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ।

पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो।

सञ्चालन श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरी नहुने सामान फेरिने र दोस्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो।

जसअनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ। यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।

अबको २ वर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad