छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमाआफ्नो बलियो उपस्थितजनाउँदै गएको रियलमीको सी १५ फोनमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन्।
पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको रियलमीसी १५ अब नेपाली बजारमा मात्र रु १८हजार ५९० मा उपलब्ध छ। यसबाहेक रियलमी सी–१५ माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वा डीर स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता रहेको छ, जसले रियलमीको ‘चुनौतीदेखि उन्नति’सम्मको नारालाई युवा पिँढीमाझ थप सशक्त र स्मृतियोग्य बनाउनुका साथै स्मार्टफोनको क्षेत्रमा नयाँ ट्रेन्ड सेटिङ उपस्थिति जनाएको छ।
रियलमी विश्वभरका ७करोड स्मार्टफोन प्रयोगकर्ताको सूचिमा ७औँ स्थानमा पर्दछ र अहिले सबैभन्दा तीव्र रुपमा विश्वमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड हो। युवाहरुमाझ एकदमै रुचाइएको यस मोबाइल फोन कम्पनीले प्रयोगकर्ताको आग्रहलाई विशेष प्राथमिकतामा राखेर लगातार अनुकूल हुने गरी यसको संस्करानात्मक सुधार गर्दै गएको छ। अद्भूत गुणस्तरीय उत्पादन, शानदार ब्याट्री र उत्कृष्ट अल्ट्रा लार्ज डिस्प्ले र आकर्षक डिजाइनका साथ रियलमी सी सिरिजको मोबाइल फोन इन्ट्रीलेभलमा सर्वोत्तम विकल्प बन्न पुगेको छ ।
६ हजार एमएएच रहेको अल्ट्रा–लंग मेगाब्याट्री
स्मार्टफोनको प्रयोगको अनुभवलाई शानदार बनाउन ब्याट्री कति टिक्छ भन्ने महत्वपूर्ण हुने भएकोमा रियलमी यसलाई व्यवस्थित उत्कृष्ट बनाउन निरन्तर सक्रियताका साथ लागि परेको छ। यसैकारण कम्पनीले आफ्नो रियलमीसि–१५ को मोबाइल फोनमा ६ हजार एमएएच मेगा ब्याट्री र १८ वाट तीव्र चार्जिङ विशेषता राखेको छ, जसले एकपटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोनकल र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिन्छ र ४८ दिनसम्मका लागि फोन स्ट्यान्डबाइ रहन सक्छ।
रियलमी सी–१५ मा सुपर पावर सेभिङ मोड समेत रहेको छ जसले ६वटा साझा एपको प्रयोगमार्फत तपाईँको फोनको आधारभूत कार्यक्षमता यथावत राख्न मद्दत गर्दछ। सुपर पावर सेभिङ मोडमा फोन सामान्यअवस्थाको ५ प्रतिशतमात्र ब्याट्री खपत गरेर निरन्तर २.५ दिन अथवा २.४८ घण्टासम्म फोनकलगर्न सकिने सुविधा रहेको छ।
यसैगरी रियलमी सी–१५ मा क्विक फ्रिजएपको पनि विशेषता थपिएको छ। जसले ब्याक ग्राउन्ड एपको ब्याट्री प्रयोग घटाउने, स्क्रिन ब्याट्री अप्टीमाइजेशनले डिस्प्लेका इफेक्ट कम गरी फोनको स्थिरता कायमगर्ने र स्लीपस्ट्यान्डबाइ अप्टीमाइजेशनले न्यूनमोडमा पनि फोन चलाउन सकिने जस्ता विशेषताहरु रहेका छन् जसले गुणस्तरीय ब्याट्रीको प्रत्यानुभूति ग्राहकवर्गलाई प्रदान गर्दछ।
प्रविधिमा ठूला ब्याट्रीको प्रयोग गर्दा सुरक्षालाई पनि त्यति नै ध्यानदिन जरुरी हुन्छ। रियलमी सी–१५ मा केबल हार्ड—कोर फायरप्रुफ मेटेरियलले बनेकोब्याक कभर मात्रै छैन, यसमा पावर अनुगमन सेन्सर तथा तापअनुगमन सेन्सर पनि रहेको छ जसले स्मार्टफोनको थर्मल अवस्थालाई स्वचालित रुपमा मूल्यांकन गरेर निगरानी गर्ने काम गर्छ ताकि प्रयोगकर्ताहरुमा दैनिक प्रयोजनमा प्रयोग हुने मोबाइलको ब्याट्री विस्फोट हुने वा अन्य दुर्घटना हुनसक्ने त्रास यसमा रहन्न। ओटीजी डेटा केबल उपयोगको माध्यमद्वारा रियलमी सी १५ ले मोबाइलफोन र अन्य केही एआइओटी उत्पादन चार्ज गर्न सक्ने सामथ्र्य पनि राख्दछ। किनभने यसमा मेगा ब्याट्रीको प्रयोग गरिएको छ। रियलमीमा भएको १८ वाट तिब्रचार्जले ३० मिनेटमा १५ सय एमएएचपी ब्याट्रीमा २५ प्रतिशत चार्ज गर्न सकिन्छ।
दैनिक प्रयोजनमा गुणस्तरीय
विशेषगरी रियलमीले युवापिढीलाई लक्षित गरी रियलमी सी–१५ निर्माण गरेकोले यसमा वास्तविक उत्कृष्ट बनावट र‘पावर व्लु’(नीलो)तथा पावर सिल्भर’(चाँदी) गरी २ भिन्न रङमा यसलाई प्रस्तुत गरेको छ। यि रङहरु अनन्त निलो समुद्र र उडिरहेका समुद्री चराहरुबाट प्रभावित भएको कम्पनीको भनाइ छ।
यो फोनमा छिटा प्रतिरोध गर्ने प्रविधि रहेको छ। दैनिक प्रयोग गर्दा फोहोरबाट हुने समस्याबाट बचाउन डस्ट प्रुफ डिजाइन गरिएको छ। यस फोनमा दैनिक प्रयोजनमा प्रयोग हुने एयरफोन, युएसबीहरु लाग्ने पोर्टहरुमा सिलिकोनले बन्द गरिएको छ। स्क्रिनमाथि रहेको स्पीकरलाई धुलो प्रतिरोध बनाइएको छ जसले गर्दा फोन कलको गुणस्तर कायम रहन्छ। फोनलाई चौतर्फी अझै मजबुत बनाइएको छ ताकी स्क्रिन चर्किने समस्या कम रहोस्। कम्पनीले निर्माणपछि बजारमा पठाउनुअघि हरेक रियलमी फोनलाई दह्रो जाँच र परीक्षण गरी उत्कृष्ट गुणस्तर प्रमाणित गर्ने गरेको छ।
६.५ इन्चकोमिनी ड्रपडिजाइन सहित एआई क्वाड क्यामेरा
कम्पनीले मोबाइलमा ६.५ इन्चको मिनीड्रप डिजाइनमा क्वाड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ। ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडिओ एकदमै उत्कृष्ट हुन्छ। यसमा रहेको स्न्याप ड्रागन४६० ८—कोर प्रोसेसरले गर्दा दैनिक प्रयोजन हुने एपवा गेम निर्बाध चल्छ। यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडि ओ हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ।
यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ। यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडिओ रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमाफोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ।
मूल्य घटेपछि रियलमी सी १५ फोन अब बजारमामात्रै रु. १८ हजार ५९० माउपलब्ध रहेको छ।

प्रतिक्रिया